Call Now010-402332

Our LocationGajuri 1, Dhading

बधाई तथा धन्यवाद ज्ञापन कार्यक्रम सम्पन्न ।

बधाई तथा धन्यवाद ज्ञापन कार्यक्रम सम्पन्न ।

 

यस आदर्श बहुमुखी क्याम्पस, गजुरीका अध्यक्ष माननीय श्री राजेन्द्रप्रसाद पाण्डेज्यू वाग्मती प्रदेशको मुख्यमन्त्री जस्तो गरिमामय पदमा चयन हुनुभएको सु-अवसरमा क्याम्पसद्वारा एक समारोहका साथ स्वागत तथा बधाई ज्ञापन कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा बधाई पत्रलाई क्याम्पस प्रमुखद्वारा वाचन गरी विशेष बधाई ज्ञापन गर्नुभएको थियो ।

यस समारोहमा मन्तव्य दिँदै सभाका प्रमुख अतिथि मुख्यमन्त्री माननीय राजेन्द्रप्रसाद पाण्डेले आफू शिक्षा क्षेत्रबाट नै राजनीति सुरु गरेकाले शिक्षा क्षेत्रमा विशेष योगदान दिने बताउनुभयो । कार्यक्रममा उच्चशिक्षाको अपरिहार्यतालाई मनन गर्दै दु:खले यो क्याम्पस स्थापना गरेको कुरालाई बताउनुभयो । यस क्याम्पसलाई नमुना क्याम्पस बनाउन हरसम्भव प्रयास गरेरहेको र यसलाई सफल बनाउनका निम्ति यहाँका स्थानीय सरकार, समुदाय, अभिभावक, कर्मचारी, विद्यार्थी लगायत सम्पूर्ण सरोकार निकायहरूलाई साथ र सहयोग गर्न अपिल समेत गर्नुभयो ।

कार्यक्रममा नवनिर्वाचित माननीय मुख्यमन्त्रीलाई उपस्थित सम्पूर्ण सञ्चालक समितिका पदाधिकारी, कर्मचारी, विद्यार्थी लगायत सम्पूर्ण संघ संस्थाका प्रतिनिधिज्यूहरूले खादा र फूलमालाले स्वागत गर्दै बधाई प्रदान गर्नुका साथै सफल कार्यकालकाे शुभकाममना प्रदान दिनुभयो ।

कार्यक्रममा हाम्रो निमन्त्रणालाई स्वीकार गरी पाल्नुहुने सम्पूर्णमा क्याम्पसको तर्फबाट कृतज्ञता व्यक्त गर्दै यस समारोहका सभापति श्री पुरुषोत्तमदास श्रेष्ठले कार्यक्रम सफल र प्रभावकारी बनाउन प्रत्यक्ष-पराेक्ष सहयाेग गर्नुहुने सम्पूर्ण क्याम्पस परिवारलाई हृदयदेखि नै धन्यवाद व्यक्त गर्दै कार्यक्रम सम्पन्न भयो ।

मिति :२०७८ कार्तिक १६ मंगलबार ।