Call Now010-402332

Our LocationGajuri 1, Dhading

छात्रवृत्ति

पुरस्कार तथा छात्रवृत्ति तथा छुट सम्बन्धी व्यवस्था
(क्याम्पसको आर्थिक कार्यविधि, परिच्छेद ८, दफा ३० अनुसार)

१. प्रथम वर्ष भर्नाको समयमा

यस क्याम्पसमा प्रथम वर्षमा भर्ना हुन आउने विद्यार्थीहरुलाई माध्यमिक तहको ट्रान्सक्रिप्टको प्राप्ताङ्क प्रतिशत हेरी भर्नाकै समयमा निम्नानुसार छात्रवृत्ति प्रदान गरिने छ :

अ. माध्यमिक तहको बोर्ड परीक्षामा विशिष्ट श्रेणीको अङ्क वा ए ग्रेड प्राप्त गरी उत्तीर्ण भएका छात्रछात्राहरूलाई भर्ना, त्रि.वि. दर्ता तथा पुस्तकालय शुल्क बाहेकका सम्पूर्ण रकम भर्ना गर्दा छुट दिने ।

आ. माध्यमिक तहको बोर्ड परीक्षामा प्रथम श्रेणीको अङ्क वा बि ग्रेड प्राप्त गरी उत्तीर्ण भएका छात्रछात्राहरूलाई मासिक शुल्कमा पूरा छुट दिने ।

ई. एकाघरको सदस्यहरू तिन जना यस क्याम्पसमा कुनै पनि तहमा अध्ययनरत भए तेस्रो सदस्यलाई मासिक शुल्कमा पुरा छुट दिइने छ । त्यस्ता विद्यार्थीहरूले आफूमध्येको तिनै जना एकाघरको सदस्य हो भन्ने पुष्टि गर्ने प्रमाणहरू बाबु वा घरमूलीको नागरिकता र सम्बन्धित वडा कार्यालयले निज तिन जना माना नाछुट्टीएका  एकाघरका सदस्य हुन भनी गरेको सिफारिस पेश गर्नु पर्ने छ तर एकाघरका दुई सदस्य क्याम्पस भर्ना हुन आएमा दोस्रो सदस्यलाई ६ महिना बरावरको रकम छुट दिईने छ । यसका निमित्त पनि एकाघरको सदस्य हुन् भन्ने झल्किने उपर्युक्त प्रमाणहररू पेश गर्नु पर्ने छ ।

२. क्याम्पसको वार्षिक उत्सवमा

क्याम्पसको छात्रवृत्ति अक्षयकोषमा आफू वा आफ्नो परिवारको सदस्यको नाम वा आफ्नो संस्थाको नाममा छात्रवृत्ति प्रदान गर्न ईच्छुक व्यक्ति वा संस्था प्रमुख वा संचालक समितिको अध्यक्षले क्याम्पसको वार्षिक उत्सवमा क्याम्पसले छात्रवृत्ति मापदण्ड पूरा गरेका भनी सिफारिस गरेका छात्रछात्राहरूलाई छात्रवृत्ति प्रदान गर्न सक्नेछन् ।

३. कुनै एक शीर्षकमा छात्रवृत्ति प्राप्त गरेका छात्रछात्राहरूलाई अर्को छात्रवृत्ति प्रदान गरिने छैन ।

४. यस क्याम्पसको छात्रवृत्तिकोष बाट प्रदान गरिने छात्रवृत्तिका लागि दावेदार छात्रछात्राहरूले तपसिल अनुसारको मापदण्ड पुरा गरेको भए प्रतिस्पर्धात्मक रूपमा वढि अंक हासिल गर्ने छात्रछात्राहरूलाई सो छात्रवृत्ति वितरण गरिने छ ।