Call Now010-402332

Our LocationGajuri 1, Dhading

सन्चालक समितिका अध्यक्षको मन्तव्य

मा. राजेन्द्र प्रसाद पाण्डे

अध्यक्ष

सन्चालक समितिका अध्यक्षको मन्तव्य

सम्पूर्ण विद्यार्थी भाइबहिनीहरु, शिक्षकवर्ग, अभिभावक ज्यूहरु तथा सम्बद्ध सम्पूर्ण महानुभावहरू आदर्श बहुमुखी क्याम्पस स्थापनाको सोर्हाैँ वर्षपछि क्याम्पसकै वेबसाईट मार्फत यस क्याम्पसको स्थापना, विकास र सुसञ्चालन सम्बन्धमा सञ्चालक समितिको अध्यक्षको हैसियतमा आफ्ना केहि कुरा राख्न पाँउदा खुसी प्रकट गर्न चाहन्छु ।
यस क्याम्पसको स्थापना तत्कालीन गजुरी, पिडा, किराञ्चोक, महादेवस्थान, कुम्पुर, बैरेनी र बेनिघाट गा.वि.स का शिक्षाप्रेमी, बुद्धिजीवि, समाजसेवी, शिक्षक, अभिभावकहरूको पहिलो भेला म स्थानीय विकास मन्त्रि भएको बखत स्थानीय विकास मन्त्रालय, काठमाडौमा नै बसी, छलफल गरी एउटा गरिब बस्ति जहाँ अधिकांश विद्यार्थीहरु गरिबी तथा घरायसी बाध्यताका कारण शहर केन्द्रित उच्च शिक्षाको अवसरबाट विमुख छन्, तिनकै घरदैलोमा उच्चशिक्षाको सुअवसर दिलाई तिनको जीवनमा शिक्षाको माध्यमबाट नैतिक, बौद्धिक, आर्थिक र सामाजिक सक्षमताको विकास गर्दै राज्यलाई आवश्यक उच्चस्तरको शैक्षिक जनशक्ति उत्पादन गर्ने ध्येयका साथ सबैको आम सरोकारको केन्द्रस्थल साबिक गजुरी गा वि.स को वडा नं १ मा दक्षिणी धादिङको पहिलो क्याम्पसको रूपमा हाललाई शिक्षाशास्त्र तथा व्यवस्थापन संकायको अध्यापन गराईने गरी गैरनाफामूलक, सेवाप्रदायक सामुदायिक संस्थाको रुपमा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिई आदर्श बुहुमुखी क्याम्पसको स्थापना भएको हो ।

तत्कालीन अवस्थामा सामान्य सोचबाट शुरु भएको यस क्याम्पस स्थापना गर्न जग्गा व्यवस्थापन गर्न पनि ठुलै चुनौती थियो । स्थानीय विकास मन्त्रालयबाट पचास लाख रुपैयाँ र स्थानीय जनताहरुबाट जनश्रमदान समेत लिई बाटो निर्माण, १३ रोपनी जग्गा व्यवस्थापन तथा ७ कोठाको पक्कि भवन निर्माण कार्य गरियो । तत्पश्चात् जि.वि.स. धादिङ, विश्वविद्यालय अनुदान आयोग र गजुरी गा.वि.स. बाट उक्त भवन निर्माण तथा क्याम्पसका अन्य निर्माण र संचालनका लागि सहयोग भयो । हामी उक्त संस्थाहरू तथा जनश्रमदान गर्नुहुने सम्पूर्ण सहयोगीहरूलाई यसका निमित्त मुरीमुरी धन्यवाद टक्र्याउन चाहन्छौं ।
यसरी दुःखपूर्वक आर्जिएको यस आदर्श बहुमुखी क्याम्पस आजसम्ममा एक स्वतन्त्र र आत्मनिर्भर संस्थाको रूपमा विकसित भएको देख्न पाँउदा खुसी लागेको छ ।
यस क्याम्पसको स्थापनाको मूल लक्ष्य नै उच्च शिक्षाको पहुँचभन्दा बाहिर रहेका, विपन्न आर्थिक अवस्था भएका गरिब, दलित, जनजाती तथा पिछडिएका विद्यार्थीहरूलाई सस्तो सुलभ हुने गरी उच्चशिक्षा प्रदान गर्ने र देश विकासको निम्ति आवश्यक योग्य, सक्षम र नैतिकवान् जनशक्ति उत्पादन गर्ने हो । हामीले यस उदेश्य प्राप्तिका लागि यसै क्याम्पसबाट लक्षित वर्गलाई स्नातकोत्तर तह र अन्य प्राविधिक धारका विषयहरू समेतको अध्यापन गराउने रणनीतिक कार्यक्रम लागि अघि बढेका छौँ । विश्वविद्यालय अनुदान आयोगसँग सहयोग लिई क्याम्पसको गुणस्तर प्रत्यायन समेत गराई यस क्याम्पसको शैक्षिक गुणस्तरलाई आम जनसमुदाय, स्थानीय सरकार, शिक्षक, बुद्धिजीवी, शिक्षाप्रेमी आदि सवै तह र तप्काका जनसमुदायलाई क्याम्पस प्रति जिम्मेवार बनाउदै उच्च शिक्षाको सुअवसरलाई घरघरमा पुर्याउने अहम लक्ष्य राखेका छौं ।
उक्त लक्ष्यहररू पूरा गर्न हामीले क्याम्पसलाई आवश्यक पर्ने भौतिक पूर्वाधार तथा पूंजी व्यवस्थापन गर्नु पर्ने चुनौतीहरू हाम्रा सामु ठिङ्ग छन् । यसका निमित्त भवन निर्माण, पुस्तकालय निर्माण तथा व्यवस्थित, खेलकुद मैदान, कम्प्युटर ल्याव, सहज र सुविधायुक्त कक्षाकोठा, फर्निचर आदि निर्माणका लागि सक्दो सहयोगका लागि म सम्पूर्ण दाता तथा सहयोगी महानुभावहरुलाई आह्वान गर्न चाहन्छु । साथै हामीलाई आजको अवस्थासम्म आईपुग्न भवन निर्माण, शिक्षण सामग्री, पुस्तकालय व्यवस्थापन आदि सवैमा अमूल्य योगदान दिनुहुने नेपाल स्थित भारतीय दूतावास, स्थानीय विकास मन्त्रालय, जिल्ला समन्वय समिति धादिङ, गजुरी गाँउपालिका लगायत सबैलाई मुरीमुरी धन्यवाद टक्रयाउन चाहन्छु ।
अव हामीले यस क्याम्पसलाई स्नातकोत्तर तहमा विकसित गर्ने, ई–पुस्तकालय निर्माण र सञ्चालन गर्ने, क्याम्पस भवनको कक्षाकोठालाई आधुनिक फर्निचर र शिक्षण सामग्रीले सुसज्जित गरी अध्ययन अध्यापन कार्यलाई वैज्ञानिक बनाउन आवश्यक वातावरण तयार गर्ने, शिक्षक विद्यार्थीहरुको लागि आवश्यक आवास भवन निर्माण गर्ने, क्याम्पसको दिगो आर्थिक आत्मनिर्भरताको निमित्त क्याम्पस परिसर बाहिर रहेको क्याम्पसकै जमिनमा आयमुलक वृक्षारोपण गर्ने, एक बृहत्तर कम्प्युटर ल्याव निर्माण गरी अध्ययन–अध्यापनरत विद्यार्थी–शिक्षकहरूको कम्प्युटर सिपको विकास गर्ने, धादिङ जिल्लामा शिक्षण गर्ने शिक्षकहरूको कम्प्युटर सिप विकासका लागि यसै क्याम्पसबाट कम्प्युटर तालिम दिन यसलाई स्रोतकेन्द्र कै रुपमा विकास गर्ने, चमेना गृह निर्माण गर्ने, खेलकुद मैदान निर्माण तथा व्यवस्थापन गर्ने, प्राविधिक विषयहरुको शिक्षणको लागि आधार तयार गर्ने, क्याम्पस भवन र जग्गालाई पक्कि कम्पाउण्ड गरी क्याम्पसको वातावरणलाई सुरक्षित  तुल्याउने, भुकम्पले क्षतविक्षत पूर्वाधारहरूको पुनर्निमाण गर्ने आदि जस्ता थुप्रै अहम कार्य सम्पन्न गर्ने लक्ष्य राखेका छौं । यसका निमित्त सिंगो समाज, समाजसेवी, शिक्षाप्रेमी, बुद्धिजिवीहरूको निरन्तर सहयोगको अपेक्षा राखेको छु । यी उपलब्धिहररू समाजका साझा उपलबद्धि  हुन् । समाज विकासको उद्येश्य राखी ग्रामिण भेगमा स्थापीत विभिन्न संघसंस्थाहररू, दानविरहरूका लागि ससम्मान आफ्नो लक्ष्य हाँसिल गर्न र दृश्य र भाव दुवैमा आफ्नो कार्यको इतिहाँस कायम गर्न यो संस्था राम्रो सेतु बन्न सक्दछ,  त्यस कारण यस क्याम्पस सम्बद्ध सवैमा साझेदारी गरी उपरोक्त उधेश्य हाँसिल गर्न तयार रहेको पनि अनुरोध गर्दछु र सो को लागि सवैलाई आह्वान गर्दछु । धन्यवाद ।