Call Now010-402332

Our LocationGajuri 1, Dhading

गजुरी गा.पा. स्थित माध्यमिक विद्यालय (कक्षा ९-१२) स्तरीय “निबन्ध लेखन प्रतियोगिता-२०७८” सम्पन्न

गजुरी गा.पा. स्थित माध्यमिक विद्यालय (कक्षा ९-१२) स्तरीय “निबन्ध लेखन प्रतियोगिता-२०७८” सम्पन्न

आदर्श बहुमुखी क्याम्पसद्वारा गजुरी गाउँपालिका क्षेत्रभित्रका माध्यमिक विद्यालय (कक्षा ९-१२) मा अध्ययन गरिरहेका विद्यार्थीहरूको अन्तरनिहित क्षमतालाई उजागर गर्ने उद्देश्यले आयोजना गरेको “निबन्ध लेखन प्रतियोगिता-२०७८”  सम्पन्न भयो । गजुरी गाउँपालिकाको आर्थिक सहयोगमा २०७८ कार्तिक १५ गते  सम्पन्न कार्यक्रममा क्याम्पस परिवार आयोजक बनेको हो ।  कार्यक्रममा ८ वटा विद्यालयबाट १५ जना विद्यार्थीहरूको सहभागिता रहेको थियो । यसै क्याम्पसका सन्चालक समिति सदस्य श्री शुल्क बहादुर उप्रेतीको सभापतित्वमा सम्पन्न यस कार्यक्रममा गजुरी गाउँपालिकाका उपाध्यक्ष सीता ढुंगानाको प्रमुख अतिथ्यता रहेको थियो ।

उक्त प्रतियोगितालाई निष्पक्ष र वस्तुपरक तुल्याउन निबन्ध पुस्तिकालाई दुई परीक्षकले सङ्केत माध्यम (डबल कोडिङ माध्यम) द्वारा परीक्षण गरी नतिजा प्रकाशन गरिएको थियो । यस क्रममा उपस्थित सबै विद्यालयहरूप्रति क्याम्पस परिवार धन्यवाद ज्ञापन गर्दछ । यसका साथै उक्त कार्यक्रममा देहायबमोजिमको नतिजा तथा पुरस्कार प्राप्त गर्न सफल विद्यार्थी तथा विद्यालयलाई हार्दिक बधाई दिन चाहन्छौँ :

१. प्रथम : विनिता घिमिरे (डोलभञ्ज्याङ मा. वि.) – पुरस्कार : रु १०,०००।- र प्रमाणपत्र

२. द्वितीय : रेजिना वि.क. (आदर्श मा. वि.) – पुरस्कार : रु ७,०००।- र प्रमाणपत्र

३. तृतीय : रीता नेपाली (आदर्श मा. वि.) – पुरस्कार : रु ५,०००।- र प्रमाणपत्र

४. सान्त्वना : रूपा परियार (भानुभक्त मा.वि.) – रु. ३,०००।- र प्रमाणपत्र

५. सहभागी सबैलाई रु. ५०० र प्रमाणपत्र