Call Now010-402332

Our LocationGajuri 1, Dhading

कृतज्ञता–ज्ञापन

कृतज्ञता–ज्ञापन

भारतीय दूतावासको आर्थिक सहयोगमा यस आदर्श बहुमुखी क्याम्पस परिसरमा निर्मित भवन हस्तान्तरण र सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहालज्यूद्वारा समुद्घाटन भएको समारोह आज सभ्य र भव्य रूपमा सम्पन्न भएको छ ।

कार्यक्रम सम्पन्न भए पश्चात् क्याम्पसमा बसेको सञ्चालक समितिको बैठकले सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहालज्यूलाई क्याम्पसको निमन्त्रणा स्वीकार गरी सो भवन समुद्घाटन गर्नु भएकोमा हार्दिक कृतज्ञता जाहेर गरेको छ । साथै सो समारोहमा सहभागी हुनुभएकोमा बागमती प्रदेशका माननीय मुख्यमन्त्री श्री शालिकराम जमकट्टेलज्यू, माननीय श्री रामनाथ अधिकारीज्यू, भारतीय दूतावासका प्रथम सचिव श्री करुण बन्सलज्यू प्रति पनि हार्दिक धन्यवाद व्यक्त गरेको छ ।

क्याम्पसको निमन्त्रणालाई स्वीकार गरी कार्यक्रमको गरिमा बढाउनुहुने पूर्व मन्त्रीज्यूहरू, माननीयज्यूहरू, जिल्ला समन्वय समितिका उपप्रमुखज्यू तथा समन्वय अधिकारीज्यू, प्रमुख जिल्ला अधिकारीज्यू लगायत जिल्लाका सरकारी तथा सुरक्षा निकायका प्रमुखज्यूहरू र स्थानीय निकायका पदाधिकारीज्यूहरू प्रति पनि क्याम्पस परिवार हार्दिक आभार प्रकट गर्दछ । गजुरी गाउँपालिका परिवार, क्याम्पस सञ्चालक समितिका पदाधिकारीज्यूहरू, प्राध्यापकहरू, कर्मचारीहरू, विद्यार्थीहरू र सो समारोहलाई सुसम्पन्न गर्न अहोरात्र खट्नुहुने सबै सरोकालवालाहरू प्रति हार्दिक प्रसन्नता ज्ञापन गरेको छ ।