Call Now010-402332

Our LocationGajuri 1, Dhading

आदर्श बहुमुखी क्याम्पसमा अनुसन्धान विधि सम्बन्धी ५ दिने तालिम सम्पन्न…..

आदर्श बहुमुखी क्याम्पसमा अनुसन्धान विधि सम्बन्धी ५ दिने तालिम सम्पन्न…..

आदर्श बहुमुखी क्याम्पसमा अनुसन्धान विधि सम्बन्धी ५ दिने तालिम सम्पन्न…..

आदर्श बहुमुखी क्याम्पस गजुरी-१, धादिङको आयोजन तथा विश्वविद्यालय अनुसन्धान
आयोगको प्रायोजनमा गुरुका पनि गुरु शिक्षाविद् प्रा. डा. वासुदेव काफ्लेको प्रमुख आतिथ्यता र विशेष
प्रशिक्षणसहित २०७९ असार १६ गतेदेखि २० गतेसम्म अनुसन्धान विधि सम्बन्धी ५ दिने तालिम
सञ्चालन भयो । यस क्रममा डा. काफ्लेको प्रस्तुति पश्चात् प्रा.डा. हेमराज ढकाल, प्रा.डा. पेसल
खनाल, डा. राजेन्द्र शाह, डा. काशिराज पाण्डेको विशेष आतिथ्यतासहितको प्रस्तुतिकरण रहेको थियो
। यस अतिरिक्त क्याम्पस प्रमुख डा. शरदचन्द्र सिंखडा र क्याम्पसका अध्यापक श्री रुद्रप्रसाद दनैको
प्रस्तुतिलाई जोडियो । तालिममा अनुसन्धानको परिचय, प्रकार (गुणात्मक, परिमाणात्मक र मिश्रित),
अनुसन्धानका विधि तथा प्रक्रिया, नमुना छनोट प्रक्रिया, अनुसन्धानपरक लेख लेखन, सन्दर्भाङ्कन
प्रक्रिया तथा सन्दर्भ सामग्री लेखनका तरिका लगायत बहुआयामिक क्षेत्रलाई समेटिएको थियो । यस
तालिममा धादिङ जिल्ला स्थित विभिन्न सामुदायिक क्याम्पसका अध्यापकहरूका साथै गजुरी स्थित
सामुदायिक विद्यालयबाट प्रतिनिधित्व भएको थियो । कार्यक्रममा यस क्याम्पसमा अध्ययनरत
स्नातकोत्तर तह चौथो सत्र (M.Ed. 4rt Semester) का विद्यार्थीहरूले पनि सक्रियतापूर्वक सहभागिता
जनाउँदा ३७ जनाको उपस्थिति रहेको थियो । यस कार्यक्रमबाट गजुरी क्षेत्रमा नै अनुसन्धानप्रतिको
मोह बढेको प्रतिक्रियासमेत प्राप्त भएको छ ।