Call Now010-402332

Send Message[email protected]

Our LocationGajuri 1, Dhading

जिल्लाव्यापी क्याम्पसस्तरीय कविता प्रतियोगिता सम्पन्न

जिल्लाव्यापी क्याम्पसस्तरीय कविता प्रतियोगिता सम्पन्न

२०७६ असार २१ गते शनिबारका यस क्याम्पस अन्तर्गत नेपाली भाषा शिक्षा विभाग तथा अतिरिक्त क्रियाकलाप समितिले गजुरी गाउँपालिकाको आर्थिक सहयोगमा २०६ औँ भानुजयन्तीका पूर्व सन्ध्यामा “जिल्लाव्यापी क्याम्पसस्तरीय खुला कविता प्रतियोगिता” को आयोजना ग¥यो । क्याम्पसका उपाध्यक्ष पुरुषोत्तमदास श्रेष्ठको सभापतित्वमा सञ्चालित उक्त कार्यक्रममा नायव महानिर्देशक तथा वरिष्ठ साहित्यकार दामोदर पुडासैनी ‘किशोर’ ले प्रमुख अतिथि तथा गाउँपालिकाका अध्यक्ष राजेन्द्रविक्रम बस्नेत, उपाध्यक्ष सीता ढुङ्गाना लगायतको विशेष अतिथिको सभालाई क्याम्पस प्रमुख रुद्रप्रसाद दनैले स्वागत गर्नुभएको थियो । धादिङ जिल्लाका सामुदायिक क्याम्पसमा अध्ययनरत स्नातक तथा स्नातकोत्तर तहका विद्यार्थीहरूको भाषिक उन्नयन तथा साहित्यप्रतिको अनुराग अभिवृद्धि गर्ने हेतुले उक्त कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा हालसालै नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको राष्ट्रव्यापी कविता प्रतियोगितामा प्रथम स्थान हासिल गरेका प्रखर कवि हेम प्रवास तथा अर्का सशक्त कवि यात्री प्रकाश पाण्डेले निर्णायक मण्डलको भूमिका निर्वाह गर्नुभएको थियो । उक्त कार्यक्रममा नीलकण्ठ बहुमुखी क्याम्पसका विजय तामाङ प्रथम, आदर्श बहुमुखी क्याम्पसकी साम्भवी थापा द्वितीय, सल्यानटार क्याम्पसकी शोभा गिरी तृतीय र आदर्श बहुमुखी क्याम्पसकी सत्यवती पाण्डेले चौथो स्थान प्राप्त गर्न सफल भए । कार्यक्रममा विजेतालाई क्रमशः नगद रु. दश हजार, सात हजार, पाँच हजार र दुई हजारसहित प्रमाण–पत्र प्रदान गरिएको थियो । सो कार्यक्रममा प्रमुख अतिथि, विशेष अतिथि, क्याम्पस प्रमुख, युवा साहित्यकारद्वय यात्री प्रकाश पाण्डे र हेम प्रवास लगायतका व्यक्तित्वहरूका साथमा थुप्रै शिक्षक तथा विद्यार्थीहरूका अप्रतियोगी कविताहरू वाचन गरिएको थियो ।